ad ad

राजनीति


प्रधानमन्त्रीसँग नेताहरुको मागः भारतले सरकार ढाल्न खोजेको भन्ने भनाइ प्रस्ट पार्नुस्

प्रधानमन्त्रीसँग नेताहरुको मागः भारतले सरकार ढाल्न खोजेको भन्ने भनाइ प्रस्ट पार्नुस्

नेपालखबर
असार १६, २०७७ मंगलबार ९:१२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने अभिव्यक्तिबारे गम्भीर चासो राखेका छन्।

प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्तिसँगै मंगलबार स्थायी समिति बैठकमा बोल्दै प्रचण्ड, झलनाथ खनाललगायतका नेताहरुले त्यसबारे स्पष्ट पार्न माग गरेका हुन्।

बैठकमा सुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कसरी आयो, यो गम्भीर विषयमा को सक्रिय रहेको हो, नेताहरुलाई जानकारी दिनुपर्ने बताएका थिए। त्यसपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि सोही आशय राखेको एक नेताले जानकारी दिए।

समितिमा बोल्दै नेता खनालले सरकार ढाल्न भारतीय सक्रिय रहेको भनाइ गम्भीर रहेकोले यसबारे प्रष्ट पार्न माग गरे।

त्यसलगत्तै उपाध्यक्ष वामदेव गौतम बोलेका थिए। उनले पनि प्रधानमन्त्रीले सरकार नै ढाल्ने गरी कस–कसले सक्रियता बढाएको हो, दूतावासका को–को सक्रिय भए बैठकमा बताउनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै सरकार ढाल्न भारतीय दिल्ली र नेपालकै शक्ति लागेको बताएका थिए।

यसअघिका तीनवटा बैठकमा नबोलेका खनालले सरकारले काम गर्न नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .