ad ad

समाज


भारतले बनाएको कोरोनाविरुद्धको खोप मानवमा परीक्षण हुँदै

भारतले बनाएको कोरोनाविरुद्धको खोप मानवमा परीक्षण हुँदै

नेपालखबर
असार १६, २०७७ मंगलबार ६:२८,

यस भाइरसबाट मंगलबारसम्म एक करोड ४ लाखभन्दा बढी संक्रमित बनेका छन्।

संक्रमितमध्ये ५ लाख ८ हजारभन्दा बढीको मृत्यु भएको छ भने ५६ लाखभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

विश्व स्वास्थ्य संगठनले कोरोनाको प्रकोप झनै बढ्ने चेतावनी दिइरहेको छ। दैनिक कोरोना संक्रमित थपिरहेका छन्।

धेरै देशले कोरोना विरुद्धको खोप र औषधि विकास गरिरहेका छन्। चीन, अमेरिका र बेलायतजस्ता विकसित मूलुकले कोरोनाको खोप मानवमा परीक्षण गरिरहेका छन्।

India vaccine

यसबीचमा दक्षिण एसियाली मूलुक भारतले पनि कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गर्ने भएको छ। भारतले बनाएको खोप जुलाई महिनाबाट मानवमा परीक्षण हुने बीबीसीले जनाएको छ।

हैदरावादस्थित भारत बायोटेकले खोप बनाएको हो। कति व्यक्तिमा खोप परीक्षण गरिने भन्नेबारेमा केही खुलाइएको छैन।

डब्लूएचओका अनुसार विश्वभर १ सय २० कोरोनाविरुद्धको खोप विकास भइरहेको छन्। भारतमा पनि आधादर्जन कम्पनीहरु खोप निर्माणमा लागेका छन्।

एकदेखि दुईवर्ष भित्र कोरोनाविरुद्धको खोप उपलब्ध हुने डब्लूएचओको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .