ad ad

राजनीति


पाप र नर्कको डर नभएका भौतिकवादीहरु भ्रष्ट भए भने खतरनाक हुन्छन् : प्रधानमन्त्री

पाप र नर्कको डर नभएका भौतिकवादीहरु भ्रष्ट भए भने खतरनाक हुन्छन् : प्रधानमन्त्री

नेपालखबर
असार १४, २०७७ आइतबार ९:५१,

आजकल मान्छेहरु अक्सर भन्ने गर्छन्, 'मदन भण्डारी साइकलमा हिंड्नुहुन्थ्यो, अहिलेका नेताहरु, उहाँकी श्रीमती १६ करोडको गाडीमा हिंड्ने!' भनेर भन्छन्।

१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन।

१६ करोडको होइन, राष्ट्रपति हिंड्ने गाडी बाटामा जाँदाजाँदै स्टार्ट बन्द हुने खालको गाडी हुनुभएन। यो ईर्ष्याभावका कुरा नगरम्।

राष्ट्रपति साइकलमा हिंड्दैनन्। हो, स्वेडेनका राजा साइकलमा हिंड्छन्। बडो चर्चा छ। मैले पनि कहिलेकाँहि चर्चा गर्छु। तर के गाडी नै नभएर साइकलमा हिँडेका हुन्।

उनीहरु फङसनहरुमा जाँदा, गाडिमा हिँड्दा स्कर्टिङ हुदैन?

त्यस्तो होइन, स्कर्टिङ पनि हुन्छ सबै कुरा हुन्छ। तर, दरबार नजिकैको रेलवे स्टेशनमा जाने त्यो सोखको कुरा मात्र हो।

कहिलेकाँही उनी साइक्लिङ गर्छन्। त्यो सोखको कुरा हो। गाडि नभएको होइन।

मदन भण्डारीको धर्मपत्नी साइकल चलाउन जान्नु हुन्न। त्यो आलोचना गर्नेहरु केमा हिंड्छन्? आम्दानी कति पारदर्शी छ, थाह छैन मलाई। तर हिंड्न चाहिँ राम्रै गाडिमा हिंड्छन्, ती आलोचना गर्नेहरु।

मदन भण्डारीलाई यस्तै आरोप लगाएका थिए। मदन भण्डारी साइकलमा निस्कने, कहिले अर्को साथीले गाडी ल्याएपछि हिंड्ने। चुनावमा उमेदवार भएर प्रचारमा जाँदा गाडी छैन।

साइकलमा हिंड्नु पर्ने अवस्थामा एकजना नक्शालका थापाजीले म आफै ड्राइभ गर्छु र तपाईलाई चुनाव भरी सघाउँछु भनेर आफै ड्राइभ गरेर मदनलाई गाडीमा लिएर हिंड्नुभो।

त्यसपछि देशव्यापीरुपमा हल्ला चल्यो, पोस्टर टाँसिए, ‘ज्ञानेन्द्रले दिएको रातो गाडिमा मदन भण्डारी हिंड्ने गरेका छन्’ भनेर। दरबारसँगको कनेक्सन जोडेयो मदन भण्डारी जस्तो व्यक्तिसँग।

भौतिकवादको एउटा खराबी छ किनभने त्यसले पाप धर्म भन्ने कुरा मान्दैन। पाप लाग्छ भन्ने ठान्दैन। सत्य निष्ठा छोड्दिए पछि जे भने पनि भयो, जे गरे पनि भयो।

पापको डर छैन, नर्क जानुपर्ला भन्ने छैन। त्यसैले भौतिकवादीहरु भ्रष्ट भए भने खतरनाक हुन्छन्।

इमान छाडेको भौतिकवादी बहुतै खतरनाक हुन्छ। जे पनि बोल्छ।

भौतिकवादी पनि छाडा भौतिकवादी भयो भने खतरा हुन्छ।

हामीले अनुसरण गर्न जरुरी छ। इमानसहितको अभियान र विचारमा हुनु जरुरी छ। आज यस सन्दर्भमा म यहि आग्रह गर्न चाहन्छु। इमानसहित उहाँलाई अनुसरण गरौं।

(मदन भण्डारी फाउण्डेसनले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको मन्तव्यको एक अंश।)

याे पनि: दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिँदैछ : प्रधानमन्त्री ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .