कोरोना आ’छ अरे,
यसले मान्छे मार्छ भन्छन्
छैन भन्छन् औषधि पनि यसको ,
सुन्छु, बेसारले यो निको हुन्छ रे
त्यसैले त मैले पनि चामल बेचेर बेसार ल्याएँ।
मन्त्रीहरु बैठक बस्छन् अरे,
तिनले बन्दाबन्दी थप्छन् अरे
मेरो धोती फाटेको छ यसपाली,
तर, म धोती किन्दिनँ, मलाहा किनेर ल्याउँछु,
चामल बेच्छु अनि बेसार किनेर ल्याउँछु।
म मजदुर, गर्न पाइनँ मैले काम,
काम नगरी मैले राहत मागिखान पर्छ अरे
काम गरिखान पनि नपाइने रै’छ अब,
सुन्छु, सरकारले नै पाल्छ अरे हामीलाई
त्यसैले, मैले पनि चामल बेचेर बेसार ल्याएँ

प्रतिक्रिया