ad ad

राजनीति


प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक राख्नु अख्तियारको दुरुपयोगः कमल थापा

प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक राख्नु अख्तियारको दुरुपयोगः कमल थापा

नेपालखबर
असार १२, २०७७ शुक्रबार १०:२९,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक बस्नु खुलेआम भ्रष्टाचार भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै थापाले सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक/कार्यक्रम गर्नु अख्तियारको दुरुपयोग भएको बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

सोही बैठकप्रति लक्षित गर्दै पूर्व उपप्रधानमन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहॉ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरी पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो। राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक र अलोकतान्त्रिक कार्य अन्त गरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .