ad ad

राजनीति


भारतसँग भिडन्तपछि चीनले फेरि गर्‍यो तिब्बतमा सैन्य अभ्यास (भिडियो)

भारतसँग भिडन्तपछि चीनले फेरि गर्‍यो तिब्बतमा सैन्य अभ्यास (भिडियो)

नेपालखबर
असार १२, २०७७ शुक्रबार १०:२६,

चिनियाँ सेनाको तिब्बत कमान्ड थियटर अन्तर्गतको एक ब्रिगेडले तिब्बतमा फेरि सैन्य अभ्यास गरेको छ।

लद्दाखको गलवान क्षेत्रमा जुन १५ मा भएको चीन–भारत हिंसात्मक सैन्य भिडन्तपछि तिब्बतमा गरिएको यो अर्को सैन्य अभ्यास हो, जसमा चिनियाँ सेनाले आधुनिक हातहतियार प्रयोग गरेको देखिन्छ।

गलवान भिडन्तअघि पनि चिनियाँ सेनाले मध्य चीनको हुपेइ र तिब्बतमा यस्तै अभ्यास गरेको थियो। जुन १५ को राती भएको गलवान भिडन्तमा २० जना भारतीय सैनिक मारिएका थिए।

चिनियाँ सेना– पीएलएका अधिकारीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले तिब्बतको उच्च पठार क्षेत्रमा सैन्य अभ्यास भएको जनाएको छ, जसमा तेस्रो जेनरेसनको १५ टयाङकरले खुला क्षेमा प्रहार गरेको भिडियोमा देखाइएको छ।

सैन्य अभ्यासमा सहभागी कम्पनी कमाण्डर लियू जियानले यो ट्याङकरबाट १८ सय मिटर टाढाको दुश्मनको किल्लामा ८ सेकेण्डमै मार हान्न सक्ने दाबी गरेका छन्।

भिडियोमा टयाङकरबाहेक रकेट लञ्चरसहितका आधुनिक सैन्य सामग्री प्रयोग भएको देखिन्छ।

पीएलए ब्रिगेडका उपप्रमुख वाङ होङगुनका अनुसार यो अभ्यासले सबै फौजको युद्धमा जाने तत्परताको परीक्षण गर्नेछ।

‘साथै यो अभ्यासबाट हामीले विभिन्न सैन्य टुकडीबीच समन्वय र सहयोग बढाउने लक्ष्य पनि राखेका छौं’, वाङले भने, ‘जसले हाम्रो लडाकु क्षमता वृद्धि गर्नेछ।’

चीनले गलवान भिडन्त भारतीय सेनाको घुसपैठले निम्त्याएको दाबी गर्दै आएको छ। भिडन्तको केही दिनपछि भएको सैन्य अधिकारी तहको वार्तामा सो क्षेत्रबाट दुवै देशले सेना पछाडि हटाउने सहमती गरेका थिए।

बिहीबार सेटलाइटबाट लिइएका तस्बिरहरूसँगै आएका रिपोर्टले भने भारतले दाबी गर्ने भूभागमा चिनियाँ सेनाले फेरि सैन्य क्याम्प बनाएको देखाएको छ। दुवै पक्षले सीमा क्षेत्रमा सेना र हातहतियार थुपार्ने क्रम जारी राखेका छन्।

भिडियोः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .