ad ad

राजनीति


भारतको अनिच्छाका कारण वार्ता हुन सकेन : परराष्ट्रमन्त्री

भारतको अनिच्छाका कारण वार्ता हुन सकेन : परराष्ट्रमन्त्री

नेपालखबर
असार १२, २०७७ शुक्रबार ९:५३,

परराष्ट्रमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले नेपाल सरकारले सीमा समस्या समाधानका लागि भारतसँग पटक–पटक पहल गर्दा पनि वार्ता हुन नसकेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी समितिको दोस्रो दिनको बैठकको सुरुमै बोलेका मन्त्री ज्ञवालीले भारतकै अनिच्छाका कारण वार्ता हुन नसकेको जानकारी गराएका हुन्। उनले अहिले पनि वार्ताका लागि प्रयास भइरहेको बैठकमा सहभागी एक नेताले बताए।

‘भारतसँग हामीले दुईपक्षीय छलफल गरेर वार्ताबाटै सीमा समस्या सुल्झाउने योजना बनाएका थियौं’, मन्त्री ज्ञवालीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘पटक–पटक प्रयास गर्दा पनि भारतबाट सकारात्मक सन्देश पाएनौं।’

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित सो बैठकमा ज्ञवालीको भनाइमाथि अहिले अन्य नेताहरुले आफ्ना धारणा राखिरहेका छन्।

वैठकमा बेदुराम भुसाल, लीलामणि पोखरेल, अमृत बोहोरा, घनश्याम भुसाल, पम्फा भुसाललगायतका नेताहरुले धारणा राखिसकेका छन्। अहिले पनि नेताहरु बोल्ने क्रम जारी छ।

बैठकको बीचमा बाहिर निस्किएका पर्यटनमन्त्री एवं स्थायी समिति सदस्य योगेश भट्टराईले १० जना नेताहरुले बोलेको जानकारी दिएका थिए। ‘सीमाका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजीले कुरा राख्नुभयो, त्यसमै नेताहरुले बोल्नुभएको हो,’ भट्टराईले भने।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको छ। त्यसलाई संविधान संशोधन गरेर निशान छाप समेत संसदबाट परिमार्जन भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .