ad ad

राजनीति


संसदमा लादेनलाई सहिद भनेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको आलोचना (भिडियो)

संसदमा लादेनलाई सहिद भनेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको आलोचना (भिडियो)

नेपालखबर
असार १२, २०७७ शुक्रबार ८:३०,

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अल कायदा प्रमुख ओसामा विन लादेनलाई सहिदको संज्ञा दिएपछि उनको चर्को आलोचना सुरु भएको छ।

उनले बिहीबार त्यहाँको संसदमा भाषण गर्ने क्रममा लादेनलाई अमेरिकीहरुले आफ्नो मुलुक पाकिस्तानमै आएर मारेकोप्रति आक्रोश व्यक्त गरेका थिए।

उनले त्यो लज्जास्पद् घट्ना आफूले कहिल्यै नबिर्सने बताएका थिए।

‘अमेरिकीहरु ओसामा बिन लादेनलाई एबटाबादमै आएर मारे, सहिद बनाए,’ उनले भनेका छन्।

आफ्नै मुलुक पाकिस्तानमै आएर उनको हत्या भएको र त्यसबारे पाकिस्तानलाई नै केहि नबताएकोप्रति पनि उनले आक्रोश व्यक्त गरेका छन्।

भिडियाे: 

त्यसपछि उल्टै सारा दुनियाँलाई पाकिस्तानलाई नै गालि गरेको उनको गुनासो थियो। ‘७० हजार पाकिस्तानीहरु उनीहरुकै लागि मरिसकेका छन्,’ खानले भने।

तर, उनले त्यसो भनेपछि त्यसको देशभित्रै र बाहिर पनि बिरोध भएको छ।

त्यहाँको विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका प्रमुख बिलावल भुट्टो जर्दारीले खानले विगतमा जस्तै हिंस्रक अतिवादीलाई खुशी पार्ने प्रवृत्ति देखाएको बताएका छन्।

सो कुरा खानले आफ्नो सरकार सञ्चालनमा पनि देखाएको जर्दारीले सामाजिक सञ्जालमा जनाएका छन्।

सो पार्टीका प्रवक्ता नवाज खोकरले वक्तव्य जारी गर्दै लादेनलाई सहिद भन्ने प्रधानमन्त्री खानलाई नै ‘राष्ट्रिय सुरक्षा खतरा’ को संज्ञा दिएका छन्।

‘यदि ओसामा विन लादेन सहिद भए अल कायदाको आक्रमणमा मारिने हाम्रा नागरिक र सशस्त्र फौजका सदस्यहरुलाई के भन्ने? अल कायदाको आक्रमणमा हजारौं नागरिक र युवा सहिद भएका छन्,’ पाकिस्तानको सञ्चारमाध्यम डनले खोकरलाई उद्धृत गर्दै लेखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .