ad ad

राजनीति


कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित

कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित

नेपालखबर
असार ८, २०७७ सोमबार ९:३५,

प्रदेश नंं १ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ। सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक/पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए।

सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि उनले कांग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेतक केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने बताए।

उनले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गरे। सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौं जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने कुराको विरोध गरे। सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्ने माग गरे।

दश मिटनका लागि सदन स्थगन भएर पुनःशुरु भएपछि कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाए। भोलि सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वास प्राप्त भएको सूचनालाई पनि सांसदहरुले नमानेपछि असार ९ गते दिउँसो १ बजे संसद्को अर्को बैठक बस्ने सभामुख भण्डारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .