ad ad

कारोबार


ठमेल क्षेत्र बचाउन दर्जन संस्थाको आग्रह : एक वर्षलाई आधा भाडा घटाइदेऊ

ठमेल क्षेत्र बचाउन दर्जन संस्थाको आग्रह : एक वर्षलाई आधा भाडा घटाइदेऊ

नेपालखबर
असार ८, २०७७ सोमबार ९:३०,

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व पर्यटन क्षेत्रलाई प्रभाव पारेको कारण नेपालको पर्यटकीय क्षेत्र ठमेल ठप्पप्रायः छ।

अझै एक/डेढ वर्षसम्म पर्यटक आगमन नहुने भएकाले यहाँको व्यवसायी पलायन रोक्न भन्दै सम्बद्ध व्यवसायीहरुले ५० प्रतिशत भाडा समायोजन गरिदिन घरधनीहरुलाई आग्रह गरेका छन्।

आइतबार बसेको पर्यटकीय संघ÷संस्थाहरुको संयुक्त बैठकले आगामी एक वर्षसम्मको लागि ५० प्रतिशत भाडा छुट दिन घरधनीहरुलाई आग्रह गरेका हुन्।

पर्यटन व्यवसायसँग सम्बद्ध ११ संस्थाले घरधनी र व्यवसायी दुवै मर्कामा नपर्ने गरी भाडा आधा घटाइदिन आग्रह गरेको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष तथा भाडा समायोजन समिति संयोजक भविश्वर शर्माले बताए।

घरधनी र भाडावालबीच आपसी सम्झौता जस्तोसुकै भए पनि घर भाडा एक वर्षको लागि ५० प्रतिशत घटाइदिन उनीहरुले आग्रह गरेका हुन्। साथै, विद्युत् महशुल पनि ५० प्रतिशत घटाइदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको शर्माले बताए।

घरधनीसँगको सामान्य छलफलपछि यो सार्वजनिक रुपमा यो आग्रह गरेको शर्माले बताए।

‘हामीले घरधनीलाई आग्रह गर्ने हो, हामीले व्यक्ति रुपमा कुरा गर्दा उहाँहरुको भावना बुझेर नै यो आग्रह गरेका हौँ’, शर्माले भने, ‘७० देखि ८० प्रतिशत घरधनीले यसमा सहमति हुनुहुन्छ भन्ने विश्वास छ।’

सहमतिमा नआउने घरधनीसँग छुट्टै तरिकाले छलफल गर्ने उनले बताए।

तीन महिनादेखिको लकडाउनका कारण ठमेल क्षेत्र पूर्णरुपमा बन्द भएको थियो। यो क्षेत्र पर्यटकसँग निर्भर भएकाले आगामी एक वर्षसम्म पनि व्यवसाय नहुने भएकाले व्यवसायीहरु मर्कामा परेका छन्।

कतिपय व्यवसायी सटरको चाबी घरधनीलाई बुझाएर हिडिसकेका छन्। शर्माका अुसार अहिलेसम्म १५० सटर खाली भइसकेका छन् भने त्यति नै संख्याका कास्मिरी व्यवसायी समेत व्यवसाय छोड्ने सोचमा पुगेका छन्।

त्यस क्षेत्रमा १५ हजार देखि २५ लाखसम्म भाडा छ। ठमेल क्षेत्रमा २ सय घरधनी र १० हजार व्यवसायीहरु रहेका छन्।

भाडा समायोजन गर्न आग्रह गर्ने संघ÷संस्थाहरुमा ठमेल पर्यटन विकास परिषद, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण संघ र नेपाल एसोसिएसन अफ राफ्टीङ एजेन्सीहरु रहेका छन्।

त्यस्तै, अन्य संस्थाहरुमा नेपाल पर्यटक यातायात व्यवसायी संघ, टुरिष्ट बस एसोसिएसन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी संघ नेपाल र कैलाश यात्रा संघ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .