ad ad

राजनीति


पृतनापतिहरुलाई प्रधानसेनापति थापाको निर्देशन : पछिल्लो अवस्था हेरेर सुरक्षा रणनीति तय गर्नु

पृतनापतिहरुलाई प्रधानसेनापति थापाको निर्देशन : पछिल्लो अवस्था हेरेर सुरक्षा रणनीति तय गर्नु

नेपालखबर
असार ७, २०७७ आइतबार १३:८,

प्रधानसेनापति पूर्णचन्द्र थापाले देश तथा विदेशको पछिल्लो अवस्था अध्ययन गरेर सुरक्षा रणनीति तयार गर्न पृतनापतिहरुलाई निर्देशन दिएका छन्।

भद्रकालीस्थित जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को आइतबार समापन गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल प्रभावबारे अध्ययन गरेर रणनीति तयार गर्न निर्देशन दिएका हुन्।

‘नेपालको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिवद्ध छ। पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा सबै जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्नुहोस्,’ प्रधानसेनापति थापाले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्य पालना गर्नुहोस्।’

प्रधानसेनापतिले पृतनापतिहरुलाई विकसित परिस्थिती सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तय गर्न निर्देशन दिएका छन्।

नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यप्रगति विवरण र समिक्षा, कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा रथीहरु, सबै पृतना हेडक्वाटरका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकामा रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति थियो ।

यस किसिमको समन्वयात्मक बैठकले र सहभागीहरुबाट प्राप्त महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाको आगामी कार्यदिशा तय गर्न र योजना निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .