प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार, अदुवा आदिको उपयोगिताबारे आफूले चर्चा गर्दा मजाक उडाएको भन्दै आलोचकहरुलाई कुरा बुझेर मात्र आलोचना गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा आधारित रहेको बताएका छन्।
‘उहाँले बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औषाधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै सुझाव दिनुभयो– आफ्नो भान्छामा केके चिज प्रयोग हुन्छन्? ती किन प्रयोग गरिन्छ? वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्ने समेत उहँले औल्याउनुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रिय योग अभ्यासक्रमको बालुवाटारस्थित एक्सन रूमबाट आइतबार बिहान विमोचन गर्ने क्रममा सो धारणा व्यक्त गरेका हुन्।
‘उहाँले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिदै हिमवत् खण्ड आयुर्वेद र योगको उदगम र विकास स्थल रहेको बताउनुभयो,’ थापाले बताए।
याे पनि: नेपालीको भान्सामा विदेशी बेसार, विज्ञ भन्छन् : बेसारको अर्ती दिनेले उत्पादनमा खै बजेट हालेको?
ओलीले रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको बताएका थिए।
साे भर्चुअल कार्यक्रमका सहभागी

प्रतिक्रिया