नेपालले दुई छिमेकी मुलुक भारत र चीनबीचको विवादलाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाब दिएको छ।
परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमार्फत नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनको आधारमा भारत र चीनलाई विवाद समधान गर्न आग्रह गरेको हो।
गत सोमबार राति भारत र चीनबीचको गल्वान उपत्यकामा दुई देशबीच भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो।
यसले दुईदेशबीच थप तनाब उत्पन्न हुनसक्ने भन्दै नेपालले शान्तिपूर्ण तबरबाट हल गर्न सुझाब दिएको हो।
हाम्रा छिमेकीहरू भारत र चीनबीचको गलवान उपत्यका क्षेत्रमा हालसालै भएका घटनाक्रमहरूको सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी मुलुकहरू राम्रो छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र पक्षधरताको पक्षमा शान्तिमय माध्यमबाट समाधान गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया