भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविक नियन्त्रण रेखामा चीनले जे गर्यो त्यसबाट पूरै भारत दुःखी भएको टिप्पणी गरेका छन्।
जुन १६ मा लद्दाखमा भएको झडपमा परी २० भारतीय सैनिक घाइते भएका थिए। चीनले नियन्त्रणमा लिएका १० सैनिकलाई बिहीबार साँझ मुक्त गरेको छ।
‘भारत शान्ति र मित्रता चाहन्छ तर हाम्रा लागि सार्वभौमसत्ता सबैभन्दा महत्वपूर्ण छ,’ शुक्रबार साँझ लद्दाख झडपबारे आयोजित सर्वदलीय बैठकमा मोदीले भने, ‘एलएसीमा चीनले जे गरेको छ, त्यसले पूरै देशलाई पीडा भएको छ।’
आफ्ना २० सैनिक मारिएपनि चुनौती दिनेलाई गतिलो सबक सिकाइएको उनको दाबी थियो।
चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नगरेको बताउँदै मोदीले आफ्नो देशको सीमा रक्षा गर्न भारतीय सुरक्षा बल समर्थ भएको पनि स्पष्ट पारे। एजेन्सी
3
Shares

प्रतिक्रिया