लिम्पियाधुरासहितको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाले पनि सर्वसम्मतिले पारित भएको छ।
यसअघि संसदको तल्लो सदन प्रतिनिधि सभामा पनि सर्वसम्मतिले पारित भएको थियो।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकाेमा सबैले साे बिधेयककाे पक्षमा मत दिएका हुन्।
राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकाेमा रिक्त एक सिटमा मनाेनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएकाे अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ।
योसँगै संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सालाई सरकारले हालै जारी गरेको नयाँ नक्सा दुवै सदनबाट पारित भएको छ।
यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मतिले पारित गरेको थियो।
सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।
सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन्।
Shares
प्रतिक्रिया