ad ad

राजनीति


ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समिति खारेज

ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समिति खारेज

नेपालखबर
असार ४, २०७७ बिहिबार १:३४,

सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ।

२९ जेठमा बसेको मन्त्रिपरिषद बैठले उच्चस्तरीय समिति खारेज गर्ने निर्णय गरेको हो। तर, सरकारले यो निर्णयलाई औपारिक रुपमा बाहिर ल्याएको छैन।

पोखरेल नेतृत्वको समिति खारेज गरी सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)लाई नै थप सक्रिय बनाउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार समितिको काम प्रभावकारी हुन नसकेको र सिसिएमसी र समितिका निर्णय आपसमा बाझिएपछि उच्चस्तरीय समिति खारेज भएको हो।

नेपालमा पनि कोरोनाको जोखिम बढेपछि सरकारले १८ फागुनमा उच्चस्तरीय समिति गठन गरेको थियो। गठन भएपछि समितिले २८ वटा बैठक गरेको छ। समितिको अन्तिम बैठक २८ जेठमा बसेको थियो।

सिसिएमसीको नेतृत्व पनि उपप्रधानमन्त्री पोखरेलले नै गर्ने गरी निर्देशक समिति बनाइएको छ । सिसिएमसीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसाल सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .