ad ad

राजनीति


यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय, विद्यालयको आन्तरिक मूल्यांकनलाई नै मान्यता दिने

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय, विद्यालयको आन्तरिक मूल्यांकनलाई नै मान्यता  दिने

नेपालखबर
जेठ २८, २०७७ बुधबार १४:३,

सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यामिक शिक्षा परीक्षा (एसईई) यस वर्ष नगर्ने निर्णय गरेको छ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनकाे आधारलाई नै मान्यता दिने निर्णय गरेको एक मन्त्रीले बताए।

कोभिड १९ संक्रमण, नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको निर्णयअनुसार एसईई परीक्षा स्थगीत गरेको थियो।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले गिरिराजमणि पोखरेलले तत्काल एसईई परीक्षा लिन सम्भव नभएको भन्दै विद्यार्थीहरुको अध्ययन निरन्तरताका लागि भन्दै बाधा अड्काउ फुकाउ अध्यादेश जारी गर्न बुधबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए।

शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो।

एसईई परीक्षाको हकमा विद्यालयद्वारा गरिएको आन्तिरक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनको सम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

त्यरी प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .