ad ad

समाज


कोरोना महामारीबीच अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक थापाले दिए राजीनामा

कोरोना महामारीबीच अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक थापाले दिए राजीनामा

नेपालखबर
जेठ २८, २०७७ बुधबार १४:५,

कोरोना महामारीबीच अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।

व्यवस्थापकले लामाे समयदेखि पत्रकार/कर्मचारीको तलब नदिएकाे भन्दै असन्तुष्ट प्रधान सम्पादक थापाले बुधबार अध्यक्ष क्याप्टेन रामेश्वर थापासमक्ष माैखिक रुपमा राजीनामा घाेषणा गरेका हुन्।

अब औपचारिक रूपमा राजीनामा बुझाउन मात्र बाँकी रहेको एक पत्रकारले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार जिल्लाका पत्रकार र कर्मचारीलाई फागुनदेखि तलब दिइएकाे छैन भने केन्द्रकाले चैतदेखि पारिश्रमिक पाएका छैनन्। 

व्यवस्थापकले कर्मचारी र पत्रकारलाई किस्ता किस्तामा तलब दिने आश्वासन दिए पनि प्रधान सम्पादक थापाले अस्वीकार गर्दै पत्रिका छाड्ने निर्णय गरेको अन्नपूर्णका ती पत्रकाले जानकारी दिए।

साथै काेराेना महामारीका कारण केही कर्मचारीसमेत कटाैती गर्ने भनेपछि यस्ताे संकटका बेला आफ्ना सहकर्मीप्रति अपराध गर्न नसक्ने भन्दै प्रधान सम्पादक थापाले राजीनामा घाेषणा गरेकाे उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .