राजनीति


सीमा विवादबारे शनिबार सम्पन्न वार्तामा चीन-भारतबीच के भयाे सहमति?

सीमा विवादबारे शनिबार सम्पन्न वार्तामा चीन-भारतबीच के भयाे सहमति?

नेपालखबर
जेठ २५, २०७७ आइतबार ३:५९,

भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा जारी विवाद समाधानका लागि शनिबार महत्वपूर्ण वार्ता सम्पन्न भएको छ।

दुई देशका सैन्य अधिकारीबीच सीमा क्षेत्रमै भएकाे वार्तामा के सहमति भयो त?

भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार शनिबार बिहान करिब ११ बजे सुरु भएको छलफल लगातार ३ घण्टासम्म चलेको थियो।

वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह तथा चीनका तर्फबाट मेजर जनरल लियु लिनको नेतृत्वमा वार्ता टोली सहभागी भएको थियो।

अब वार्तामा भएका कुराकानी भारतका लेफ्टिनेन्ट जनरल सिंहले आफ्ना सेना प्रमुख नरवणेसमक्ष प्रस्तुत गर्ने बताइएकाे छ। तर वार्तामा के सहमति भयाे भन्नेबारे दुवै तर्फका सेनाले अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

यस्तै भारतकै अर्काे अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियाले दुई देशका सैनिकबीच शनिबार भएको वार्ता सकारात्मक भएको जनाएको छ।

समाचार स्रोतलाई उधृत गर्दै उसले दुई देशबीचको वार्ता सकारात्मक भएको र सीमा क्षेत्र लद्दाखमा पहिलेजस्तै शान्ति कायम गर्न दुवै देश सहमत भएको उल्लेख गरेको छ।

यसको अर्थ प्यान्गङ ताल, गोगरा-हट स्प्रिङ क्षेत्र र गाल्भान उपत्यकामा दुवै देशले तैनाथ गरेका सैन्य बल तथा हतियार अब हटाउने अनुमान गरिएकाे छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad