राजनीति


सीमा विवादबारे भारत र चीनबीच आज वार्ता, विश्वकै चासाे

सीमा विवादबारे भारत र चीनबीच आज वार्ता, विश्वकै चासाे

नेपालखबर
जेठ २४, २०७७ शनिबार ३:२६,

भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा भइरहेको विवादबारे आज (शनिबार) महत्वपूर्ण वार्ता हुँदै छ।

दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच लद्दाखमै वार्ता हुने भएको हो।

बीबीसी हिन्दीका अनुसार दुई देशबीच यो स्तरमा पहिलोपटक वार्ता हुन लागेको हाे। पहिलो चरणकाे बैठक भारत र चीनबीच वास्तविक नियन्त्रण रेखाको छेउ चुसुल-मोल्दोमा अवस्थित भारतीय सीमा पोइन्टमा हुनेछ। 

भारतका तर्फबाट भारतीय सेनाको १४ औं बाहिनीका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले वार्तामा नेतृत्व गर्नेछन्। 

एक महिनायता दुई देशबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा ( लाइन अफ एक्चुअल कन्ट्रोल) मा विवाद भइरहेको छ। त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक बल बढाएका छन्।

विवाद समाधानका लागि दुई देशबीच आज हुन लागेकाे वार्तालाई विश्व समुदायले नै चासोपूर्वक हेरिरहेका छन्।

याे विवाद कति गम्भीर हाे भन्ने कुरा पहिलाेपटक दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच सीमामै हुन लागेकाे वार्ताले प्रस्ट पारेकाे भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन्। 

वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनाले अतिक्रमण गरिरहेकाे भारतीय सेनाकाे आराेप छ। केही महिनाअघि दुई देशका सेनाबीच धक्कामुक्की पनि परेकाे थियाे। 

भारतले लद्दाखमा पूर्वाधार विकास तीव्र पारेपछि चीनले त्यहाँ सैन्य उपस्थिति बढाएको हो। सिक्किम, उत्तराखण्ड र लद्दाखमा भारत र चीनबीच विवाद छ। विवाद चर्किँदै जाँदा युद्धको खतरासमेत भएको थियो।

यही समस्या समाधान गर्न दुवै देशबीच आज सैन्य तहमा वार्ता हुन लागेको हो।

यसअघि भारत र चीनबीच सीमा विवाद समाधानका लागि १० पटक वार्ता भइसकेको छ। तर विवाद समाधान हुन सकेकाे छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad