राजनीति


भारत–चीन सीमा विवादः गलवान उपत्यकाबाट भारतीय सेना एक र चिनियाँ दुई किलोमिटर पछाडि सर्ने

भारत–चीन सीमा विवादः गलवान उपत्यकाबाट भारतीय सेना एक र चिनियाँ दुई किलोमिटर पछाडि सर्ने

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १२:१७,

इकोनोमिक टाइम्सका अनुसार भारतको लद्दाख राज्य नजिक अवस्थित विवादित गलवान उपत्यकाको सीमा क्षेत्रबाट चिनियाँ सेना दुई किलोमिटर र भारतीय सेना एक किलोमिटर पछाडि सर्ने सहमति भएको छ।

बुधबार मात्र भारत र चीनबीच यस्तो सहमति भएको उल्लेख गरिएको छ।

लद्दाखको सीमा नजिक गलवान उपत्यकाका लागि मात्र नभएर पाङगङ सो ताललाई लिएर पनि भारत र चीनबीच विवाद छ।

त्यस विवादको विषयमा भने जुन ६ मा बस्ने भारत–चीन वैठकले टुंगो लगाउनेछ।

गएको ३–४ हप्ता यता लद्दाखको सीमा नजिक चीन र भारतका सेनाहरु आमने सामने भएका खबरहरु सार्वजनिक भएका थिए।

भारतले चीनले विवादित क्षेत्रमा गतिविधि बढाएको आरोप लगाउँदा चीनले भारतले विवादित क्षेत्रमा गतिविधि बढाएको आरोप लगाएको थियो।

यसबीचमा भारतले सेनाहरु थप गरेर तैनाथ गरेको खबर आइरहँदा चीनले अत्याधुनिक हतियार त्यहाँ पुर्याएको खबर सार्वजनिक भएको थियो।

पछिल्लो कार्यले दुवै देशबीचको सीमा विवाद साम्य हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad