राजनीति


तनाव बढ्दै जाँदा चिनियाँ विमान प्रवेशमा रोक लगाउँदै अमेरिका

तनाव बढ्दै जाँदा चिनियाँ विमान प्रवेशमा रोक लगाउँदै अमेरिका

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ७:४५,

अमेरिकी विमानलाई बेइजिङले उसको देशमा सेवा सुचारु गर्न अनुमति नदिएपछि सजाय स्वरुप अमेरिकामा चिनियाँ विमान प्रतिबन्ध लगाइने अमेरिकी यातायता विभागले जनाएको छ।

हालैका दिनमा अमेरिका र चीनबीच कोरोना भाइरस र हङकङको विषयलाई लिएर तिक्तता बढेको छ।

चीनले कोरोनाको प्रभावबारे ढिलो सूचना दिएपछि कोरोना विश्वव्यापी बनेको अमेरिकाले आरोप लगाएको छ।

यस्तै हङकङ चीनबाट स्वतन्त्र बन्नु पर्ने अमेरिकी भनाइबीच हालै चीनले हङकङको लागि नयाँ सुरक्षा कानुन बनाएको छ।

अमेरिकी यातायात विभागले एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र हेनान एयरलाइन्सलाई तत्कालका लागि अमेरिका प्रवेशमा निशेध गर्ने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सहमति जनाएपछि चिनियाँ विमान अमेरिका प्रवेश गर्न पाउने छैनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad