राजनीति


अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ७:५७,

आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ।

ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्ने सहजै अनुमान गरिएको छ।

गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृत्युपछिको नागरिक अशान्तिबारे युवासँग भर्चुअल सभाहल बैठकमा सहभागी भए।

ओबामाले फ्लोयडको मृत्युका कारण भइरहेको विरोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आह्वान गरेका थिए। उनले सुरक्षित प्रहरी सेवा तथा समुदाय र कानुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरेका छन्। नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो।

गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई सम्बोधन गर्दै ओबामाले कोरोनाभाइरसको महामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उदाङ्गो भएको बताएका थिए।

तर फ्लोयडको मृत्युप्रति देशको पहिलो काला राष्ट्रपतिबाट बढी नै कडा प्रतिक्रिया प्राप्त भएको छ। अश्वेत नागरिक फ्लोयडको गर्धनमा एक श्वेत प्रहरीले घुँडाले धेरै मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो।

गत हप्ता एक लामो लिखित वक्तव्यमा ओबामाले लाखौं अमेरिकीहरूले कोरोना महामारीको कहरबाट जनजीवन सामान्य बनाउनै लाग्दा अमेरिकाकै एक अश्वेत नागरिकमाथि रङ्गको आधारमा भिन्न व्यवहार होला भन्ने अनुमानसम्म गर्न सक्ने अवस्थामा नरहेको बताएका थिए।

“यो सन् २०२० को अमेरिकामा सामान्य घटना होइन। यो घटना सामान्य हुनै सक्दैन,” ओबामाले लेखेका छन्।

पूर्व राष्ट्रपति ओबामाको वयानपछि अमेरिकामा तनाबको अवस्था सिर्जना भइसकेको छ।

ट्रम्पले देशका विभिन्न शहरमा प्रहरी कारबाहीको विरोधमा भइरहेका प्रदर्शन रोक्न सेना समेत परिचालन गर्ने धम्की दिएका छन्। देशभित्र जारी कतिपय प्रदर्शन हिंसात्मक बनेका छन्।

बाइडेनको प्रचार संयन्त्रले पूर्व राष्ट्रपति ओबामाको सक्रियतालाई स्वागत गरेको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad