सरकारले नेपालको नयाँ नक्सा अनुसार निशानछापमा परिवर्तन गर्न प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव राजपत्रमा प्रकाशित गरेको छ।
आइतबार प्रतिनिधिसभामा पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ सार्वजनिक जाानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो।
राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘आजको प्रतिनिधी सभाको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ सभामा पेश भएको र नेपालको संविधानको धारा २७४ को उपधारा ९(३) बमोजिम सभामा पेश भएको ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने भन्ने व्यबस्था वमोजिम आजै २०७७ जेठ १८ गतेका दिन नेपाल राजपत्रमा प्रकाशन समेत भै सकेको व्यहोरा जानकारी गराइन्छ।’


प्रतिक्रिया