भारतले दिल्लीमा रहेका पाकिस्तानका दुई अधिकारीलाई देश निकाला गरेको छ।
पाकिस्तानको उच्च कमिसनका ती दुई अधिकारीलाई भारतबिरुद्ध सुराकी गरेको आरोपमा २४ घण्टाभित्र भारत छाड्न आदेश दिइएको हो।
ती दुई व्यक्तिलाई पर्सना नन ग्राटा (अवाञ्छित् व्यक्ति) घोषणा गरी देश निकाला गर्न लागिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
त्यसबारे पाकिस्तानका कार्यवाहक राजदूतलाई ती व्यक्तिहरुले भारतको राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको जानकारी समेत गराइसकिएको बताइएको छ।

प्रतिक्रिया