दाङका एक कोरोना सङ्क्रमितमा डेंगीको पनि भेटिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंगी फेला परेको हो।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेंगी भेटिएको जनाइएको छ ।
चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेंगी पनि पोजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ। यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्वाब परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियोे। रासस
प्रतिक्रिया