ad ad

राजनीति


संविधानमा ९–बुँदे संशोधन माग गर्दैै राजपा नेताहरु फेरि पुगे सिंहदरबार

संविधानमा ९–बुँदे संशोधन माग गर्दैै राजपा नेताहरु फेरि पुगे सिंहदरबार

नेपालखबर
जेठ १८, २०७७ आइतबार ८:२८,

संविधान संशोधन गर्दा आफ्ना पनि माग सम्बोधन गर्नुपर्ने बताउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु आफ्नो तर्फबाट छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउन सिंहदरबार पुगेका छन्।

संविधानमा आफ्ना मागहरु समेटेर नौं बुँदे संशोधन गर्नुपर्ने भन्दै गैरसरकारी विधेयकको रुपमा दर्ता गर्न आइतबार दिउँसो राजपाका नेताहरु संघीय संसद सिंहदरबार पुगेका हुन्।

शुक्रबार पनि विधेयक दर्ता गराउन गएका राजपाका नेताहरु संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले त्यसबारे सभामुखसँग सल्लाह गर्नुपर्ने भन्दै फिर्ता पठाएर आइतबारका लागि बोलाएका थिए।

‘हामी अहिले गैरसरकारी विधेयक दर्ता गराउन सिंहदरबार पुगेका छौं,’ राजपाका एक नेताले नेपालखबरसँग भने।

याे पनि: 
संविधानका ९ बुँदामा संशोधन गर्ने राजपा नेताहरुको प्रस्ताव, संसदमा दर्ता भएन 
संविधान संशोधन प्रस्ताव दर्ता गर्न राजपा नेतासँगै गएका पाँच जना सांसदलाई उपेन्द्र यादवले फिर्ता बोलाए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .