ad ad

समाज


कोरोना नदेखिएपछि ड्युटीमा फर्किए कालिमाटीका सबै प्रहरी

कोरोना नदेखिएपछि ड्युटीमा फर्किए कालिमाटीका सबै प्रहरी

नेपालखबर
जेठ १८, २०७७ आइतबार ८:२७,

कोरोना संक्रमण नभएको पुष्टि भएपछि कालिमाटी बृत्त लगायत मातहतका सबै प्रहरी ड्युटीमा फर्किएका छन्।

दुई जना जुनियर अधिकृतमा कोरोना संक्रमण भएपछि त्यहाँका सबै कार्यालय सिल गरिएको थियो भने प्रहरीहरु क्वारेन्टिनमा थिए।

तर, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि आइतबारबाट ड्युटीमा फर्किएको कालिमाटी वृत्तका प्रमुख डीएसपी रुगम कुँवरले बताए।

प्रहरी र अन्य कर्मचारी गरी २२५ को पीसीआरबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताए।

यसअघि संक्रमण भएका दुई जना जुनियर अधिकृत पनि शनिबार डिस्चार्ज भइसकेका छन्।

उनीहरुमा संक्रमण देखिएपछि कालिमाटी प्रहरी बृत्त, ट्राफिक प्रहरी र महिला सेलका प्रहरीको कोरोना परीक्षण गरिएको थियो। उनीहरु प्रहरी कार्यालयभीत्रै क्वारेन्टिनमै रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .