राजनीति


पूर्व सैनिक हवाई महानिर्देशक सुधिर श्रेष्ठलाई ५९ लाख जरिवाना

पूर्व सैनिक हवाई महानिर्देशक सुधिर श्रेष्ठलाई ५९ लाख जरिवाना

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १४:५२,

नेपाली सेनाको समरी जनरल सैनिक अदालतले नौ जना सैनिक अधिकृतलाई भ्रष्टाचार मुद्दामा कारबाही गरेको छ।

शुक्रबार बसेको सैनिक अदालतबाट सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम एक जना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर गरेको छ भने ८ जना सैनिक अधिकृतहरुलाई सचेत गराएको जंगी अड्डाले जनाएको छ।

यस्तै, एक जना अधिकृत तथा ९ जना अन्य दर्जाहरुलाई सफाइ दिने फैसला सैनिक अदालतले सुनाएको छ।

तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार कानुनतः पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरि सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (झ) बमोजिमको कसुर गरेको प्रमाणित भएकोले ५८लाख ९५ हजार ५ सय ९० रुपैयाँ ५९ पैसा असुल उपर गरी नसिहत दिइएको छ।

सोही मुद्दामा अन्य ८ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला भएको छ। साथै अधिकृत १ र अन्यदर्जाका ९ जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको छ।

सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६।१२।०४ गतेको राय सहितको प्रतिबेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट बुधबार फैसला भएको जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad