सरकारले बजेट मार्फत जुट उद्योगलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ।
जुट उद्योगलाई आवश्यक पर्ने मेसिनरी तथा त्यसको पार्टपुर्जा ल्याउन कुनै पनि भन्सार शुल्क नलाग्ने आर्थिक विधेयकमा उल्लेख छ। सरकारले विराटनगर जुट उद्योग आफैँ वा निजी क्षेत्रलाई दिएर भएपनि सञ्चालन गर्ने तयारी गरिरहेको छ।
हालका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुडग नेपालको पहिलो उद्योग सञ्चालन गराउनु पर्ने भन्दै मन्त्री भएको दिनदेखि लागि परेका छन्। उनकै पहलमा बजेटमा यो विषय समावेश भएको हो।

प्रतिक्रिया