राजनीति


किन हट्यो संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट?

किन हट्यो संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट?

नेपालखबर
जेठ १४, २०७७ बुधबार १०:३३,

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्शा संविधानको अनुसूचीमा समेट्ने गरी संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचिबाट हटाइएको छ।

संभावित कार्यसूचीमा तय भएको सो प्रस्ताव बुधबारको प्रतिनिधि सभा बैठकमा पेश नै नगरी हटाइएको हो।

प्रतिनिधि सभाकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकबाट तय भएकाे संभावित कार्यसूचीमा सार्वजनिक गरेको संविधान संशोधन पेश गर्ने प्रस्ताव बैठकमा भने टेबल नै नगरी कार्यसूचीबाट नै हटाइएको थियो।

सरकारले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा अंकित नक्शा पनि सोहि अनुसार परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले त्यसका लागि जेठ ९ गते संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ।

सोहि विषयमा दलहरुबीच सहमति जुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक राखेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न समय माग गरेका कारण कुनै सहमति नजुटी बैठक सकिएको थियो।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलहरुबीच राष्ट्रिय सहमति कायम गर्नको लागि कार्यसूचिबाट संविधान संशोधन प्रस्ताव हटाइएको बताए।

‘दलहरुले राष्ट्रिय सहमतिको लागि समय माग गरेका छन्,’ न्यौपानेले नेपालखबरसँग भने, ‘सबै दलहरुमा सहमती जुटाउनको लागि आजको बैठकको कार्यसूचिबाट संविधान संशोधन हटाइएको हो।’

दलहरुबीच सहमति जुटेपछि सो प्रस्ताव संसदमा पेश हुने उनले बताए। सरकारले बिहीबार नयाँ बजेट पेश गर्दैछ। त्यसपछि बस्ने बैठकमा सो प्रस्ताव पेश हुने न्यौपानेले बताए।

BusinessAdvisory jointसंसद सचिवालयले प्रकाशित गरेकाे संभावित कार्यसूची र पछि प्रकाशित अर्काे कार्यसूची

याे पनि: 
निशान छाप परिवर्तनका लागि संसदमा दर्ता भयो संविधान संशोधन विधेयक 
‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौँ : गगन थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad