राजनीति


सेना शक्तिशाली बनाउने योजनाका साथ चीनले बढायो रक्षा बजेट

सेना शक्तिशाली बनाउने योजनाका साथ चीनले बढायो रक्षा बजेट

नेपालखबर
जेठ १४, २०७७ बुधबार १०:३३,

प्रधानमन्त्री लि खछ्याङका अनुसार गतवर्षको भन्दा ६.६ प्रतिशतले रक्षा बजेट बढाइएको छ।

कोरोना प्रकोपबीच चीनको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ। यद्यपी आफ्नो देशको सुरक्षालाई थप मजबुत बनाउन र सेना शक्तिशाली बनाउन चीन सरकारले पहिलेभन्दा अहिले रक्षा बजेट वृद्धि गरेको हो।

सीले मंगलबार सन् २०२० मा राष्ट्रिय रक्षा प्रणाली र देशका सुरक्षाकर्मीलाई मजबुत बनाउनु पर्नेमा जोड दिएको सिन्ह्वाले जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीले कोरोना प्रकोपका बेला सेनाले संकट व्यवस्थापन गर्न ठूलो भूमिका खेलेको भन्दै सेनाको प्रशंसा गरेका थिए।

उनले चिनियाँ सेनालाई सरकार, कम्युनिष्ट पार्टी र जनताले ज्यादै भरोसा गर्ने उल्लेख गरेका थिए।

सैन्य विकास सम्बन्धी १३ औं पन्चवर्षीय योजना यसैवर्ष समाप्त हुने बताउँदै सीले सेना शक्तिशाली बनाउने योजनाका साथ चीन लागेको बताए।

उनले सेना र रक्षा प्रणाली सुधार्ने आगामी योजना पनि बनिरहेको बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad