कोशी


स्वास्थ्यमन्त्री मेहता र गृहमन्त्री गुरुङले गरे बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन

स्वास्थ्यमन्त्री मेहता र गृहमन्त्री गुरुङले गरे बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन

नेपालखबर
असार २२, २०८३ सोमबार १०:१७, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले संयुक्त रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) को अनुगमन गरेका छन्। 

त्यस क्रममा प्रतिष्ठानको स्वास्थ्य सेवा, शैक्षिक वातावरण, पूर्वाधार विकास, प्रशासनिक सुशासन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा विस्तृत छलफल गरिएको छ।

मन्त्रीद्वयले १३ वर्षदेखि खरिद हुन नसकेको एमआरआई मेसिनका लागि मन्त्रालयबाट रु. २५ करोड बजेट विनियोजन गरी खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए।

साथै उनीहरूले लामो समयदेखि विवादमा रहेको एमसीएच भवन प्रयोगमा आइनसकेको उल्लेख गर्दै प्रतिष्ठानको समग्र सुधारलाई उच्च प्राथमिकतामा राखिएको बताए। 

प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन गर्ने, विद्यार्थीका लागि आधुनिक स्किल ल्याब र व्यवस्थित लाइब्रेरी विकास गर्ने तथा अस्पताल परिसरभित्र रहेको निर्भाना कन्ट्री क्लब अस्पतालकै स्वामित्वमा फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाउन दुवै मन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad