राजनीति


अहिले पनि दलितमाथि गैह्रदलितबाट आक्रमण हुनु लज्जास्पद: सांसद अधिकारी

अहिले पनि दलितमाथि गैह्रदलितबाट आक्रमण हुनु लज्जास्पद: सांसद अधिकारी

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ९:१९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनामा संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन्।

उनले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै अहिले पनि दलितमाथि गैह्रदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताए।

‘मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको ५४ वर्ष पछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको छ। छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ।’ उनले भने, ‘ जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई विहेबारीमा परिणत गर्न गएको केही दलित माथि सांघातिक हमला भएको र सो बाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु।’

उनले अपराधसँग सम्बन्धित व्यक्तिलाई गरेको कारबाही प्रक्रिया र पीडितलाई गरेको सहयोग बारे गृहमन्त्रीसँग जानकारी माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad