कारोबार


करसम्बन्धी कानुन स्पष्ट हुनुपर्छ, प्रशासनले तजबिजी ढंगले व्याख्या गर्न नपाओस् : अर्थमन्त्री वाग्ले

करसम्बन्धी कानुन स्पष्ट हुनुपर्छ, प्रशासनले तजबिजी ढंगले व्याख्या गर्न नपाओस् : अर्थमन्त्री वाग्ले

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८३ आइतबार १३:४३, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करसम्बन्धी कानुन स्पष्ट हुनुपर्ने बताएका छन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै करसम्बन्धी कानुन स्पष्ट हुनुपर्ने बताएका हुन्।

‘करसम्बन्धी कानुन स्पष्ट हुनैपर्छ। मल्टिपल इन्टरप्रिटेसन (बहुव्याख्या) नहोस्। कर प्रशासनले कानुन व्याख्या गर्दा तजबिजी ढंगले, आफ्नै भाष्य स्थापित गर्ने ठाउँ नै नरहोस्। यस्ता संशोधनहरूलाई म स्वीकार्छु’, वाग्लेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad