नेकपा बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले श्रीलंकाली कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई बिहीबार कोलम्बोमा सम्बोधन गरेका छन्।
श्रीलंकाली कम्युनिस्ट पार्टीका महासचिव डीइडब्लु गुनशेखरालाई बधाई तथा सम्मापन ज्ञापन गर्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले नेपालको शान्ति प्रक्रियादेखि पार्टी एकीकरणसम्मको कथन सुनाए।
विश्वका धेरै नेताहरुबाट आफू प्रेरित रहेको भन्दै बरिष्ठ नेता नेपालले भने, ‘म धेरै विश्व नेताहरुबाट प्रेरित छु। ती मध्ये श्रमजीवी पृष्ठभूमिका गुनशेखरा एक हुन्।’ सन् १९३५ मा जन्मिएका गुनेशखरा हाल ८४ वर्षका छन्। पूर्वमन्त्री उनी अहिले सांसद हुन्।
कार्यक्रममा सहभागी हुँदै बरिष्ठ नेता नेपाल एवं पूर्व श्रीलंकाली राष्ट्रपति महिन्दा राजपाक्षसहितका नेताहरू
बुद्ध नेपालका धर्ती पुत्र रहेको भन्दै नेपाल सरकार लुम्बिनीको संरक्षण गर्न प्रतिबद्ध रहेको उनले बताए। बुद्धले स्थापना गरेका अहिंसा, करुणा र मैत्रीजस्ता विषय आजको विश्वमा समेत सान्दर्भिक रहेको नेता नेपालको भनाइ थियो। बुद्धले आफ्नो जीवन कालमा तीन पटक श्रीलंका यात्रा गरेको विश्वास रहेको भन्दै उनले नेपाल र श्रीलंकाबीच गहिरो ऐतिहासिक तथा धार्मिक सम्बन्ध रहेको उल्लेख गरे।
नेता नेपाल सहभागी सो कार्यक्रममा श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपक्षेसहित श्रीलंकाली बरिष्ठ नेताहरु सहभागी थिए।
श्रीलंका भ्रमणका क्रममा उनले राष्ट्रपति मैत्रीपाला सिरिसेना एवं अन्य बरिष्ठ नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। असार २३ गते कोलम्बो प्रस्थान गरेका उनी २९ गते स्वदेश फर्किनेछन्।

प्रतिक्रिया