समाज


बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ८ लाख घूससहित पक्राउ

बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ८ लाख घूससहित पक्राउ

दीपक खरेल
असार २६, २०७६ बिहिबार १५:३४,

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुस रकम सहित रंगेहात पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले डा राैनियारलाई सेवाग्राहीसँग लिएकाे आठ लाख रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे।

उपकुलपति राैनियार र डा. रामहरि रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घूस रकम लिएकाे अख्तियारले जनाएकाे छ। डा रामहरी उपकुलपति राैनियारका भतिजा हुन्। घूस लिएकाे रकम उनले भतिजा रामहरिलाई राख्न दिएका थिए।

 धरानस्थित  उपकुलपतिको कार्यकक्षबाट रङ्गेहात पक्राउ परेका उनीहरूविरूद्ध अख्तियारले अनुसन्धान गरिरहेको  छ।

आयाेगले राैनियारबिरूद्व उजुरी परेपछि उनलाई रंगेहात समाउने याेजना बनाएकाे थियाे। उनले कार्यकक्षमा रकम लिनासाथ भतिजलाई दिएर निवासमा राख्न पठाएका थिए।आयाेगकाे टाेलीले सुरूमा रकम नभेटेपछि खाेज्न केही समय लागेकाे कारबाहीमा खटिएका अधिकारीले नेपालखबरलाई बताए। 

आयाेगका प्रवक्ता सहसचिव प्रदिपकुमार काेइरालाले आयाेगकाे हिरासतमा रहेका दुवै बिरूद्व विस्तृत अनुसन्धान हुने बताए।

२०७३ फागुन २० मा राैनियार साे विश्वविद्यालयकाे उपकुलपतिमा नियुक्त भएका थिए। तत्कालीन स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती र राष्ट्रिय याेजना आयाेगका सदस्य गीताभक्त जाेशी सदस्य रहेको छनाैट समितिले उनको नाम सिफारिश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .