राजनीति


सभामुख अर्याल र यूएईका राजदूतबीच भेट, भिसाका लागि ‘पुलिस रिपोर्ट’ अनिवार्य चाहिने व्यवस्था पुनर्विचार गर्न आग्रह

सभामुख अर्याल र यूएईका राजदूतबीच भेट, भिसाका लागि ‘पुलिस रिपोर्ट’ अनिवार्य चाहिने व्यवस्था पुनर्विचार गर्न आग्रह

नेपालखबर
असार ४, २०८३ बिहिबार १४:५७, काठमाडौँ

सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीबीच शिष्टाचार भेटवार्ता भएको छ। 

भेटका क्रममा नेपाल–संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। 

सभामुख अर्यालले यूएई नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्त्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गरे। साथै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। 

उनले यूएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट प्रहरी प्रतिवेदन (पुलिस रिपोर्ट) अनिवार्यरूपमा मागिने व्यवस्थालाई पुनर्विचार गरी सहज बनाउन अनुरोध गरे।

भेटका क्रममा राजदूत अल शम्सीले नेपाल–यूएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गरे। उनले व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन यूएई सरकार सकारात्मक रहेको बताए। 

उनले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरहरूको खोजी गरिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad