श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षामन्त्री उपस्थित भएर सांसदका प्रश्नको जबाफ दिनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाह सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षामन्त्री आउनुपर्ने माग गरेका हुन्।
हाल रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएका छन्।
‘रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल गर्ने कार्यसूची छ। रक्षामन्त्रीज्यू आउनुभएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि यहाँ बोलाइयोस् सभामुख ज्यू,’ उनले भने।
रक्षा मन्त्रालय अन्तर्गत विनियोजन विधेयकको रातो किताब सांसद्लाई नदिइएको भन्दै उनले त्यो किताब तुरुन्त वितरण गर्न पनि माग गरे।
साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई अविलम्ब संसद्को रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया