राजनीति


काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

नेपालखबर
असार १, २०८३ सोमबार १९:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। 

सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता लिन आदेश दिएको हो।  न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत् राखेर अन्य मुद्दा फिर्ता लिन आदेश गरेको हो। 

यो आदेशसँगै रविसँगै अन्य प्रतिवादीहरू जीबी राई, कुमार रम्तेललगायतविरुद्ध लगाइएका सहकारी ठगीबाहेकका अभियोग फिर्ता भएका छन्। 

यसअघि पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको थियो। कास्की अदालतमा दायर सम्पत्ति शुद्धीकरणको मुद्दा पनि फिर्ता लिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad