राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल विजयी भएका छन्।
उनका निकटम प्रतिस्पर्धी डा. अच्युतम लामिछानेलाई २ मतान्तरले पराजित गर्दै अर्याल विजयी भएका हुन्। लामिछानेले ४१६ मत प्राप्त गर्दा अर्यालले ४१४ मत प्राप्त गरे।
अर्यालले नेतृत्व गर्ने प्रदेश कमिटीको उपसभापतिमा भने लामिछाने प्यानलका उम्मेदवार विजयी भएका छन्। अघिल्लो कार्यकालमा प्रदेश कमिटीको महामन्त्री रहेका सुरेन्द्र भट्ट निर्वाचित भएका छन्।
सभापति पदबाट उम्मेदवारी फिर्ता लिएका कृष्णमान शाक्यलाई उपसभापति पदमा पराजित गर्दै भट्ट विजयी हुन्। भट्ले २४७ मत प्राप्त गर्दा श्रेष्ठले १६१ मत प्राप्त गरे। शाक्य अर्याल प्यानलबाट उम्मेदवार बनेका थिए।
भट्ट र शाक्यसँगै राधिका तिमल्सिना, गिता पौडेल र निना रेग्मी पोखरेल उपसभापतिको उम्मेदवार बनेका थिए। तिमल्सिनाले ४९, पौडेलले ९ र पोखरेलले ३० मत प्राप्त गरेकी थिइन्।
यस्तै, महामन्त्री पदमा सिन्धुलीकी मेनुका ठकुरी निर्वाचित भएकी छिन्। यसअघि प्रदेश कमिटीको कोषाध्यक्ष पदमा रहेकी ठकुरीले २१९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।
सांसद समेत रहेका बदन कुमार भण्डारीलाई १२ मतान्तरले पराजित गरेकी हुन्। ठकुरीले २१९ मत प्राप्त गर्दा भण्डारीले २०७ मत प्राप्त गरे। सोही पदका लागि उम्मेदवार बनेका सुमन कुमार धितालले २७ मत प्राप्त गरे भने सिए प्रदिप उप्रेतीले ४४ मत प्राप्त गरेका हुन्।
सहमहामन्त्रीमा नुवाकोटकी स्वस्तिका लामिछाने र काठमाडौँका मिन प्रसाद गैरे निर्वाचित भएका छन्। खुल्ला सहमहामन्त्री पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएकोमा गैरे निर्वाचित भएका हुन्। उनले २०३ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी डा. रमेश ढकालले १७७ मत मात्रै प्राप्त गरे।
यसै पदका लागि उम्मेदवार बनेका प्रकाश खत्रीले ६४ मत प्राप्त गर्दा राजु सुनारले ५३ मत प्राप्त गरे।
सहमहामन्त्री महिलातर्फ ३०९ मत प्राप्त गर्दै नुवाकोटकी स्वस्तिका लामिछाने विजयी भएकी हुन्। यसपदका लागि ३ जनाबीच भएको चुनावी प्रतिस्पर्धामा उनको निकटम प्रतिस्पर्धी सरला लामिछानेले १५९ मत प्राप्त गरिन् भने कुसुम बस्नेतले ३१ मत प्राप्त गरिन्। रास्वपा बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था छ।
Shares

प्रतिक्रिया