इजरायलमा नेपाली राजदूत ‘एम्बेसडर अफ द इयर २०१९-२०२०’ को विभूषण प्राप्त गर्न सफल भएकी छन्।
९० देशका राजदूत रहेका इजरायलमा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले सम्मान गरेको हो।
इजरायलको ७२औैं स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहमा डाक्टर शाक्यलाई सम्मान गरिएको हो।
९० वटै देशका राजदूतले डा. शाक्यलाई समर्थन गरेपछि उनले सो सम्मान पाएकी हुन्। उनी यो सम्मान पाउने एसियाली मुलुककै पहिलो राजदूत बनेकी छन्।
अहिलेसम्म त्यहाँ युरोप र अमेरिकी मुलुकका राजदूतले मात्र त्यस्तो सम्मान पाइरहेका थिए।
यो सम्मानले नेपाल र नेपालीको शीर उचो बनाएको भन्दै राजदूत डा.शाक्यले खुसी प्रकट गरेकी छन्। शाक्य २०७५ फागुन ३ गते राजदूत नियुक्त भएकी हुन्।
प्रतिक्रिया