राजनीति


गृहमन्त्रीमा फर्किँदै सुधन गुरुङ, आजै शपथ

गृहमन्त्रीमा फर्किँदै सुधन गुरुङ, आजै शपथ

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १२:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ फेरि गृहमन्त्री बन्न लागेका छन्। 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, गुरुङलाई गृहमन्त्री नियुक्त गर्न लागिएको छ। उनको आजै शपथ ग्रहणको तयारी पनि गरिएको जनाएको छ। 

शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। आजै अपराह्न ३ बजे शपथ ग्रहणको तयारी गरिएको छ। 

यसअघि विवादमा आएपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए। सरकारले गठन गरेको छानबिन समितिले सफाइ दिएपछि उनी फेरि गृह मन्त्रालय फर्किन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad