राजनीति


रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

नेपालखबर
जेठ २४, २०८३ आइतबार २०:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। सामसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।

बैठक जेठ २५ गते बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।  

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।

सभापति लामिछाने पाँचदिने भारत भ्रमण सकेर जेठ २२ गते स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गर्दै आएका छन्। 

प्रतिनिधिसभा जेठ २५ गते र राष्ट्रियसभाको बैठक जेठ २६ गते बोलाइएको छ। 

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जनाएका छन्। 

लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सो विषयमा पनि छलफल हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad