राजनीति


भदौ २३ र २४ को घटना आपराधिक र नियोजित : केपी ओली

भदौ २३ र २४ को घटना आपराधिक र नियोजित : केपी ओली

नेपालखबर
जेठ २०, २०८३ बुधबार १२:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासका काममा गम्भीर धक्का पुर्याउने उद्देश्यले आफू नेतृत्वको सरकारलाई ढालिएको बताएका छन्। 

बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले 

गएको भदौ २३ र २४ गते नव युवाको हत्या, आपराधिक क्रियाकलाप गर्नेहरुले त्यसलाई क्रान्ति भने पनि त्यो षड्यन्त्रपूर्ण र पूर्वनियोजित आपराधिक घटना भएको बताए। ‘यो मैले भनेको होइन, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले भनेको हो,’ ओलीले भने, ‘भदौ २३ २४ को आक्रमण पहिल्यै षड्यन्त्रण् गरिएको प्रायोजित घटना थियो।’

उनले त्यो षड्यन्त्र एमालेका विरुद्धमा भएको बताए। 

‘त्यो षड्यन्त्र एमालेका विरुद्धमा त थियो नै, त्यो राष्ट्रको विरुद्धमा पनि थियो।’

उनले संवैधानिक, लोकतान्त्रि हिसावले बलियो अवस्थामा रहेको, जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारलाई षड्यन्त्र गरेर ढालिएको बताए। 

‘हाम्रो सरकार अत्यधिक बहुमतको सरकार थियो। त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट ढाल्ने प्रयास गरियो। ध्वस्त पार्ने प्रयास नभएपछि अवैधानिक र आपराधिक मार्गबाट विस्थापित गर्ने षड्यन्त्र भयो,’ उनले भने, ‘त्यसका लागि तालिमहरु भए, आगो लगाउने विषयमा। अति प्रज्वलनशील पदार्थको प्रयोग गरियो। राष्ट्रव्यापी रुपमा आगलागीका काण्ड गर्ने षड्यन्त्र गरियो। गुगलबाट खोजेर नेताका घर जलाइए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad