भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भव्य स्वागत गरेको छ। उनी सवार कार दीनदयाल मार्गस्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्यद्वारमा नरर्सिंगा बजाउँदै परम्परागत झाँकी प्रदर्शन गरी गरिएको हो।
रवि सवार डीएल वान–एनए ४०८६ नम्बरको मर्सिडिज बेञ्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपाका विदेश विभागड प्रमुख तथा नेपाल मामिला संयोजक नीतिन नवीनसहितका नेता, कार्यकर्ताले स्वागत गरेका थिए। नेता लामिछानेले आजै नवीनसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा भाजपा नेताहरूले रास्वपाको टोलीसँग दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका पक्षमा छलफल गरेका छन्।
पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार दिल्ली पुगेका लामिछानेले त्यहाँ रहेका नेपाली समुदाय र आफ्ना समर्थकसँग पनि अन्तरक्रिया गर्नेछन्। राजनीतिक भेटघाट पछि उनी अयोध्या जाने कार्यक्रम छ।
उनी कारबाट ओर्लिंदा स्वागतका लागि पुष्पबृष्टि गरिएको थियो। बीजेपी नेता, कार्यकर्ताको घुँइचो लागेको थियो।



Shares

प्रतिक्रिया