राजनीति


कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन, अनलाइनबाटै भर्न सकिने

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन, अनलाइनबाटै भर्न सकिने

नेपालखबर
जेठ १८, २०८३ सोमबार २०:२, काठमाडौँ

नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला गरेको छ। 

सोमबार बसेको कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता खुल्ला गरेको हो। समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ क्रियाशील सदस्यताका लागि आह्वान गर्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए। 

नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनबाटै पनि आवेदन दिन सकिने भएको छ। कांग्रेसको निर्णयमा भनिएको छ, ‘नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिवद्धताका साथ स्वदेश तथा विदेशमा रहनु भएका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेवसाइट मार्फत् सहज र सरल रुपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरिएको यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad