ad ad

राजनीति


निशान छाप परिवर्तनका लागि संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

निशान छाप परिवर्तनका लागि संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ९:५८,

सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको छ।

शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनकारी दिए।

शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुसूची- ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम कानुनमन्त्री तुम्बाहाङ्फेले संशोधन प्रस्ताव दर्ता गरेकी हुन्।

 नेपालको संविधानको धारा (९) को उपधारा (२)मा नेपालको निशान छाप अनुसूची-३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची-३ को निशान छाप अंकित नेपालको नक्सालाई नेपालको वास्तिवक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची-३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन प्रस्ताव पेश गरिएको ‌संशोधन विधेयककको उद्देश्य र कारणमा उल्लेख गरिएको छ।

याे स‌ंविधान संशाेधनकाे दाेस्राे प्रस्ताव हाे। यसअघि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नका लागि स‌ंविधान संशाेधन गरिएको थियो।

याे पनि : लिम्पियाधुरा निशानछापमा राख्न संविधान संशोधन प्रस्ताव पेश गर्ने सरकारको निर्णय (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .