ad ad

समाज


जनकपुर र राजविराजमा जडान गर्न प्रदेश २ सरकारले किन्यो दुई आरटी पीसीआर मेसिन, अब परीक्षणको गति बढ्ने

जनकपुर र राजविराजमा जडान गर्न प्रदेश २ सरकारले किन्यो दुई आरटी पीसीआर मेसिन, अब परीक्षणको गति बढ्ने

शैलेन्द्र महतो
जेठ ९, २०७७ शुक्रबार ९:४७,

कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले जनकपुर र राजविराजको लागि २ वटा रियल टाइम पीसीआर मेसिन खरिद गरेर ल्याएको छ।

प्रदेश २ मन्त्रिपरिषदले जनकपुर, वीरगन्ज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरे अनुरुप जनकपुर र राजविराजको लागि आरटी पीसीआर मेसिन खरिद गरेर ल्याएको छ।

जनकपुरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर मेसिन सञ्चालनमा ल्याइने छ भने राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याब संचालन गरिने भएको छ। दुबै ठाँउको लागि मेसिन ल्याई जडानको काम समेत शुरु भइसकेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

यसअघि प्रादेशिक अस्पताल जनकपुरमा दुईपटक सञ्चालनमा ल्याएको पोर्टेवल पीसीआर मेसिन बिग्रेर बन्द भइसकेको छ। त्यसैले तेस्रोपटक जनकपुरमा रियल टाइम पीसीआर मेसिन जडान गर्न लागेको हो।

अगामी सोमबारदेखि दुबै मेसिन संचालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले जनाकारी दिए। उक्त मेसिनको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको जनाइएको छ। वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पीसीआर जडान भई यस अघि नै सञ्चालनमा आइसकेको छ।

त्यसै गरि प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख र वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा गरेको छ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा सञ्चालन हुने गरी राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टिन निर्माण गर्नसमेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेटअनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ। त्यसै गरी वीरगन्जमा विदेशबाट आउने नागरिकलाई राख्न ५ सय बेडको होल्डिङ क्वारेन्टिनसमेत नेपाली सेनाले नै सञ्चालन गर्ने गरी आवश्यक रकमको व्यवस्थासमेत गरेको छ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइ रहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ मार्गदर्शनका लागि अभिमुखी सञ्चालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई केस इन्भेस्टिगेसन गर्नसमेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ।

शुक्रबार बिहान सर्लाहीमा मात्र १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५२ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .