नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
आइतबार विज्ञप्ति प्रकाशित गरी मसाल प्रवक्ता रामप्रकाश पुरीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा विरोध जनाएका छन्।
‘प्रधानमन्त्री वालेन्द्र शाहले आज संसदमा कतिपय स्थानमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यो पूरै गलत छ’ उनले भनेका छन्, ‘हामीले उनको त्यस प्रकारको अभिव्यक्तिको कडा विरोध गर्दछौँ।’
आइतबार प्रधानमन्त्री शाहले संसदमा प्रश्नोत्तरका क्रममा ‘नेपालले पनि भारतीय भूमि मिचेको’ अभिव्यक्ति दिएका थिए।
चौतर्फी आलोचनापछि परराष्ट्रमन्त्रालयले उनको भनाई ‘सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित’ रहेको प्रस्टीकरण दिएको छ।
30
Shares

प्रतिक्रिया